राष्ट्र बैंकको कामु गभर्नर तोकिए मिश्र

काठमाडौं। नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरमा डेपुटी गभर्नर बम बहादुर मिश्र तोकिएका छन्। अर्थ मन्त्रालयले मिश्रलाई असार ११ गतेदेखि कामु गभर्नरको जिम्मेवारी दिएको हो ।

गभर्नर डा। विश्व पौडेल एक साताका लागि कार्यक्रममा सहभागी हुन जेनेभा गएपछि मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिइएको हो । उनले बुधबारदेखि लागू हुनेगरि कामुको जिम्मेवारी दिइएको हो ।

सिनियर डेपुटी गभर्नर डा. निलम तिमल्सिना पनि हाल सार्क फाइनान्स कार्यक्रममा सहभागी हुन बंगलादेश छिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *