शेखरले भेटे सुर्खेतबाट ३१ दिन हिँडेर काठमाडौं आएका नवराजलाई

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदल यात्रा काठमाडौं आएका भ्रष्टाचारविरोधी अभियन्ता नवराज बोहरालाई भेटेका छन् ।

नेता कोइरालाले आफ्नो सचिवालयमा बोलाएर बोहरालाई भेटेका हुन्। कोइराला सचिवालयका अनुसार भेटमा उनले सुशासनको पक्षमा आफ्नो साथ रहेको बताएका छन् ।

यसअघि प्रधानमन्त्री केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताहरुले बोहरालाई भेटेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *