गोकुल बास्कोटाको प्रश्न- हरेक साल जेठअसारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन् ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खेतीको समयमा किसानले मल नपाएको भन्दै कृषि मन्त्रीसँग असन्तुष्टि पोखेका छन् । सत्ता साँचो कता छ भनेर सहजै थाहा पाउन सके पनि हरेक साल जेठ-असारमा मल र कृषिमन्त्री एकसाथ बेपत्ता हुने गरेको भन्दै उनले टिप्पणी गरे ।

‘बरु नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन्’, उनले भनेका छन्, ‘तर हरेक साल जेठ-असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन् ? कसैले थाहा नपाउने भो ।’

राजनीतिमा घेराबन्दी तोड्ने कुरा सुनेको भए पनि मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता ननिस्किएको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *