मनहरामा हाम्फालेका युवकलाई सशस्त्रले गर्‍यो उद्धार  

काठमाडौं । मनहरा खोलामा हाम्फालेका एक युवकलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । बुधबार बिहान ६ बजेर ४० मिनेटमा ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकै हाम्फालेका १८ वर्षीय आयुष बडालको उद्धार भएको हो ।

उनले हाम्फालेको देख्नासाथ एमाले पार्टी कार्यालयको सुरक्षार्थ खटिएको सशस्त्र टोलीले तत्कालै उनलाई खोलाबाट निकालेको थियो ।

नुवाकोट घर भई पुनर्जीवन अस्पताल बालकुमारीमा उनी उपचाररत थिए ।

त्यहाँ सशस्त्रको नं. २१ दक्षिणकाली गण, ललितपुरबाट सुरक्षा टोली तैनाथ रहेको सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *