लिड्स । इंग्ल्याण्डले भारतविरुद्धको पहिलो टेस्ट म्याचमा ३७१ रनको विशाल लक्ष्य पछ्याउँदै ५ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। हेडिंग्लेमा भएको यो म्याचमा बेन डकेटको शानदार १४९ रन र जो रुटको अविजित ५३ रनको योगदानले इंग्ल्याण्डले इतिहास रच्यो। यो जितसँगै इंग्ल्याण्डले पाँच म्याचको एन्डरसन–तेंडुलकर ट्रफीमा १–० को अग्रता लिएको छ।
म्याचको पाँचौं दिन इंग्ल्याण्डले २१र० को स्कोरबाट ब्याटिंग सुरु गरेको थियो। डकेट र ज्याक क्राउली (६५ रन) ले पहिलो विकेटका लागि १८८ रनको साझेदारी गर्दै बलियो आधार तयार पारे। यद्यपि, शार्दुल ठाकुरले डकेट र ह्यारी ब्रूकलाई लगातार बलमा आउट गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरे। त्यसपछि प्रसिद्ध कृष्णले पनि दुई विकेट लिएर भारतको आशा जगाए, तर रुट र डम स्मिथ (अविजित ४४) को ७१ रनको अविजित साझेदारीले इंग्ल्याण्डलाई जितसम्म पुर्यायो। स्मिथले रविन्द्र जडेजालाई छक्का प्रहार गर्दै म्याच समाप्त गरे।
भारतका लागि यो हार निराशाजनक रह्यो, विशेषगरी टिमले म्याचमा पाँच शतक (शुभमन गिल, रिशभ पन्त, यशस्वी जायसवाल, केएल राहुल, र पन्तको दोस्रो इनिङ्समा) बनाएर पनि हार बेहोर्नुपर्यो। यो पहिलो पटक हो जब कुनै टिमले टेस्ट म्याचमा पाँच शतक बनाएर पनि पराजय भोग्यो। कप्तान शुभमन गिलले पहिलो इनिङ्समा १४७ र दोस्रोमा ४४ रनाए। रिशभ पन्तले दुवै इनिङ्समा शतक (१३४ र ११८) बनाए, तर टिमको ब्याटिंग कोल्याप्स र छुटेका क्याचहरूले हारको कारण बन्यो।
भारतका बलरहरू मध्ये जसप्रीत बुमराह पहिलो इनिङ्समा ५ विकेट लिएर चम्किए, तर दोस्रो इनिङ्समा उनले कुनै विकेट लिन सकेनन्। शार्दुल ठाकुर र प्रसिद्धले समान २–२ विकेट लिए, तर इंग्ल्याण्डको आक्रामक ब्याटिंग रणनीति (बाजबल) लाई रोक्न पर्याप्त भएन।
इंग्ल्याण्डको यो जितले उनीहरूको टेस्ट क्रिकेटमा दोस्रो ठूलो रन चेज (३७१) को कीर्तिमान पनि बनायो। यसअघि सन् २०२२ मा इंग्ल्याण्डले भारतविरुद्धै ३७८ रनको लक्ष्य पछ्याएको थियो। बेन डकेटले म्याचको उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरे।
भारतका कप्तान शुभमन गिलले हारपछि भने, ‘यो एक उत्कृष्ट म्याच थियो, तर हामीले क्याच छोड्यौं र लोअर अर्डरले पर्याप्त योगदान दिएन। हामी अर्को म्याचमा कमजोरी सुधार गर्नेछौं ।’
अब दुवै टिम दोस्रो टेस्टका लागि बर्मिङहमको एजबास्टनमा भिड्नेछन्, जुन २ जुलाईबाट सुरु हुनेछ।

Leave a Reply