रुपन्देही । दाङको तुलसीपुर उपमहानगरपालिकाले २ अर्बभन्दा बढीको बजेट ल्याएको छ ।
पालिकाको आज बसेको १७ औं नगगरसभामा उपमेयर स्यानी चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ६ करोड ६६ लाख ९३ हजार ८ सय ५५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैयाँ बजेट सभामा पेश गरिएको थियो ।
बजेटमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थय र कृषिलाई प्राथमिकता दिइएको नगर प्रमुख टिकाराम खाडकाले जानकारी दिए ।

Leave a Reply