काठमाडौं । नेपालखवर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार हटाउने आदेशबाट पछि हटेको केही दिनमै विशेष अदालतले भने सञ्चार माध्यममा प्रकाशित समाचार यथावत अवस्थामा राख्न आदेश दिएको छ ।
नवराज सापकोटा सहित दृष्टि न्यून अनलाइनलाई प्रतिवादी बनाएर विशेष अदालतमा दायर भएको मुद्दामा बिशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवरसहितको पुर्ण इजलासले यस्तो आदेश दिएको हो ।
दृष्टि न्यून अनलाइनमा आइतबार मात्रै ‘विशेष अदालतमा विचौलियाको चलखेल हटेन, सेङिका मुद्दामा ३ महिनामै सफाई’ शिर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर रिट दायर भएको थियो । बिशेष अदालतको पुर्ण इजलासले अनलाइनका सम्पादक शम्भुलाल श्रेष्ठ, एमपी सुब्बा र सम्वन्धित समाचार लेख्ने सम्बाददातालाई ३ दिनभित्र स्ययम अदालतमा बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।
साथै अदालतबाट अर्को आदेश नभएसम्म दृष्टि न्यून अनलाइनमा असार ८ मा प्रकाशित उक्त समाचार सामग्र जे–जस्तो अवस्थामा छ, त्यसै अवस्थामा राख्न, उक्त सामग्री नहटाउन, परिवर्तन तथा परिमार्जन नगर्न पनि आदेश दिएको छ ।


Leave a Reply