भिजिट भिसाको समितिलाई रास्वपाले भन्यो- टालटुले समिति अस्वीकार छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठन गरेको उच्चस्तरीय छानविन समिति नेकपा (माओवादी केन्द्र)को मुख लुकाउन र सत्ताक्ष्पका मान्छेलाई चोख्याउन रचिएको प्रपन्च भएको आरोप लगाएको छ ।

सांसद समेत रहेका रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जाल फेसबुकमार्फत भिजिट भिसाको दुरुपयोग गर्दै गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिको पहिचान र कारबाहकिा लागि कुनै बुदाँ नराखिएको बताएका छन् । उनले रास्वपाले सरकारले गठन गरेको समितिलाई टालटुले समिति भएकाले अस्विकार गरिएको भन्दै आफुहरुको आन्दोलन जारी रहेको र रास्वपा एक्लै भारी भएको दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘छानबिन समितिलाई दिइएका कार्यादेशमा भिजिट भिषाको दुरुपयोग गर्दै गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिको पहिचान र कारबाहीका लागि कुनै बुदा राखिएको छैन । तसर्थ यो समिति माओवादीको मुख लुकाउन र सत्तापक्षको मान्छेलाई चोख्याउन रचिएको परिपञ्च मात्र हो । तसर्थ राष्ट्रिय स्वतन्त्र पार्टी यो टालटुले समिति अस्विकार गर्छ। हाम्रो आन्दोलन जारी छ। रास्वपा एक्लै भारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *