शंकरदास वैरागी आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र हुन् : स्वर्णिम वाग्ले (भिडिओ)

काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक नै सन्देहको घेरामा रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति अस्वीकार गर्ने बताए।

उनले यो प्रकरण गम्भीर कुशासन र राजनीतिक प्रकृतिको भएको भन्दै लुट, संगठित भ्रष्टाचार र मानव तस्करीको कुरा रहेको बताए।

उनले शंकरदास वैरागी सत्ताको सधैँ प्रिय पात्र रहेको भन्दै आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र रहेको बताए।

उनले भने, उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। उहाँ स्वयम् सक्षम निकायहरूको रडारमा हुनुहुन्छ। त्यस्तो व्यक्तिले कसरी छानबिन गर्ने ? यहाँ गृहमन्त्री पनि सन्देहको घेरामा हुनुहुन्छ।

Comments

One response to “शंकरदास वैरागी आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र हुन् : स्वर्णिम वाग्ले (भिडिओ)”

  1. samir Avatar
    samir

    आफ्नै बफादार पाल्तु कुकुरलाई नै तस्कर लेखकले समिति संयोजक बनाएको हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *