राप्रपाले आज पनि संसदमा विरोध जारी राख्ने

काठमाडौं । भिजिटि भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिमा असहमति राख्दै राप्रपाले आज पनि संसदमा विरोध जारी राख्ने भएको छ।

प्रतिनिधि सभाको बैठकअघि बसेको संसदीय दलको बैठकले संसद् बहिष्कार जारी राख्ने निर्णय गरेको हो।

हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। यो समितिबाट निष्पक्ष छानबिन नहुने निष्कर्षसहित आफ्नो कुरा राखेर संसद बहिस्कारलाई निरन्तरता दिन लागेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *