दुई लाख धरौटी तिरेर रिहाइ भएलगत्तै अमला राेका सम्पत्ति शुद्धीकरणको मुद्दामा फेरि पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी तिरेर रिहा भए लगत्तै अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई ६१ किलो सुन तस्करी प्रकरणमा सोमबार २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएकोमा धरौटी तिरेर रिहाई भए लगत्तै नेपाल प्रहरीको केन्द्री अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएकाले पक्राउ गरेर विभागको जिम्मा लगाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले नेपाल प्रेसलाई जानकारी दिए । सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *