काठमाडौं । इजरायल र अमेरिकाले इरानमाथि धुरा हालेर आक्रमण गरेसँगै इरानी विदेशमन्त्री रुसको राजधानी मस्कोमा अोर्लिएका छन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार इरानका विदेशमन्त्री अब्बास अराग्ची सोमबार मस्को पुगेका हुन् । मस्को पुगेर उनले राष्ट्रपति भ्यादिरि पुटिनसँग भेटवार्ता गरेका छन् ।
भेटमा पुटिनले इरानमाथि भएको हमला कुनै पनि रुपामा औचित्य पुष्टि गर्न नसकिने भएको भन्दै हमलालाई अवैधानिक भनेका छन् । पुटिनसँग बोल्दै इरानी विदेशमन्त्रीले रुस अहिले इतिहासको सहि पक्षमा उभिएको भन्दै तारिफ गरेका छन् ।
इजरायलका निसानाहरुमा हमला गरेर इरानले आफ्नो जायज सार्वभौमसत्ताको रक्षा गरेको विदेशमन्त्री अराग्चीले बताएको आरटीले उल्लेख गरेको छ ।

Leave a Reply