३३ वर्षबाट चाँडै इरानले आणविक हतियार बनाउने रटान हान्दै आएका नेतान्याहु, कुन साल के भने ?

काठमाडौं । इरान र अमेरिकाको आणविक वार्ता जारी थियो । ओमानको समन्वयमा भएको वार्ताको निचोड आउनै बाँकी थियो । अर्को चरणको वार्ताको मिति तोकिइसकिएको थियो । तर हठात् इजरायलले इरानका आणविक केन्द्रहरुमा गोलाबारी गर्यो ।

इरानले इजरायली सैन्य तथा आणविक कुनै पनि अखडाहरुमा हमला गरेको थिएन । इजरायलले पेलपाल गरेर हान्यो । त्यही भएर कुनै उत्तेजना बिना गरिएको हमला भन्दै विश्वभरबाट आलोचना गरियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले पनि इजरायली हमलाको आलोचना गर्नुको एक कारण इजरायलको एकतर्फी हमला नै हो । पछिल्लो समयमा अमेरिकाले पनि इरानी आणविक केन्द्रहरुमा हमला गरिरहेको छ । अमेरिकाबाट उडेका बम्बरहरुले भारी परिणामका बम इरानी आणविक क्षेत्रहरुमा खसाले ।

उसो त अमेरिकामा पनि गुप्तचर विभागकी निर्देशक तुल्सी गाबार्डले केही अगाडि मात्रै इरानसँग आणविक हतियार नभएको र बनाउने चरणमा नभएको बताएकी थिइन् । तर इजरायली लबीको अगाडि ट्रम्पको जस्तै तुल्सी गाबार्डको पनि केही चलेन । उनले इरानले केही समयमै आणविक हतियार बनाउन लागेको बताउन थालिन् ।

अमेरिकी मिडियाहरुले सोधेको आलोचनात्मक प्रश्नमा न गाबार्ड न विदेशमन्त्री मार्को रुबिओ कसैले पनि तार्किक जवाफ दिन सकेका छैनन् । यस्तो देखिन्छ इरानमा बम हान्न इजरायली लबीको अगाडि अमेरिकाको पनि केही शिप चलेन ।

उसो त अहिलेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक रटान लगाएर केही समयमै हतियार बनाइहाल्ने भन्दै आएको पनि तीन दशक नाघेको छ । उनले विभिन्न समयमा विभिन्न भूमिकामा हुँदा इरानले केही समयमै आणविक हतियार बनाउन लागेको समयरेखा यस्तो छः

–सन् १९९२ मा एक सांसदको रुपमा बेन्जामिन नेतान्याहुले सदनमा बोल्दै तीनदेखि पाँच वर्ष भित्रमा इरानले आणविक हतियार बनाउने बताएका थिए ।

–सन् १९९५ मा नेतान्याहुले लेखेको पुस्तक ‘फाइटिङ टेरोरिजम’मा उनले इरानले ३ देखि ५ वर्षमा आणविक हतियार बनाउने कुरा लेखे ।

–सन् १९९६ मा प्रधानमन्त्री भएपछि नेतान्याहुले इरानले आणविक बम बनाउन धेरै नै नजिक भएको बताए ।

–सन् २०१० मा नेतान्याहुले इरानले आणविक हतियारहरु नियन्त्रण गरिरहेको बताए ।

–सन् २०१२ मा नेतान्याहुले इरानले केहि महिनामै आणविक बम बनाउने बताए ।

–सन् २०१५ मा ओबामा नेतृत्वमा अमेरिका घुरिको देशहरुसँग इरानले गरेको आणविक सम्झौताबारेमा नेतान्याहुले आलोचना गरेर सम्झौताले इरानलाई आणविक बम बनाउने बाटो खुलाएको बताए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *