गणेश लामालाई सम्पत्ति शुद्धीकरणमा सर्वोच्चले दियो सफाई

काठमाडौं । काभ्रेका कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको फैसला उल्टाउँदै सोमबार सफाई दिएको हो ।

लामालाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा करिव ७ वर्ष अघि २०७५ साउन २४ मा लामा दोषी ठहर गरेको थियो । विशेषले उनलाई १ वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना गर्ने फैसला गरेको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको सम्पत्तिमध्ये १ करोड ४० लाख ५० हजार रुपैयाँ अवैध ठहर गरेको थियो । लामाले विभिन्न आपराधिक क्रियाकलापबाट रकम कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १२ वर्ष अघि २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले कम सजाय गरेको भन्दै विभाग सर्वोच्च अदालत गएको थियो । विभागको पुनरावेदनमा सर्वोच्चले जिकिर नपुग्ने ठहर गर्दै सफाई दिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *