काठमाडौं । प्रधानमन्त्री केपी ओलीले परिवर्तनको पक्षमा सम्झौता नगरी आफू यहाँसम्म आइपुगेको दाबी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्रकालमा गणतन्त्र उच्चारण गर्दासमेत गोली हान्ने अवस्था रहँदा पनि आफूले परिवर्तनको झन्डा नछाडेको बताए ।
उनले भने, ‘गणतन्त्र भन्नु निरंकुश राजतन्त्रकालको कालरात्रिमा, निर्दलीय प्रणाली बसेको ठाउँमा, त्यति बेला गणतन्त्र र लोकतन्त्रको झन्डा बोक्न सहज थिएन । तत्काल हाम्रो ५ जना सार्थीलाई जेलबाट निकालेर जंगलको छेउमा लगेर गोली हानेर मारियो । अरू साथीहरूलाई जहाँ भेट्यो, त्यही मार्यो । विभिन्न ढङ्गले हत्या गरियो, जोखिमपूर्ण बाटो थियो ।’
अध्यक्ष ओलीले आफूलाई ५३ वर्ष जेल सजाय तोकेको स्मरण गरे ।
उनले थपे, ‘मलाई ५३ वर्ष कैद सजाय सुनाएको थियो । त्यो घट्दै घट्दै हामीले १० वर्षमा ल्यायौँ । १० वर्षमा मुद्दा सिध्याएपछि पनि लाजसरम नमानी विनामुद्दा ४ वर्ष राख्यो, छोड्दैन के गर्ने ? १४ वर्ष मलाई थुन्यो । अबको आन्दोलन त्यो जोखिमपूर्ण छैन ।’

Leave a Reply