‘मलाई हटाएर कसैले म अध्यक्ष बन्छु भन्ने आँट गर्नसक्छ, तर राप्रपा फुटाउँछु भन्न सक्दैन’

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी स्थापनादेखि नै विभाजित भएकै कारणले अहिले आफूहरूले दुःख पाउनुपरेको बताएका छन् ।

शंखरापुर नगर कार्य समितिद्वारा आयोजित जनजागरण तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको कार्यकर्ता नभई व्यक्तिको कार्यकर्ता हुन थालेपछि पार्टी कमजोर भएको औँल्याए ।

उनले भने, ‘विभाजन र टुटफुटको कारणले हामी २०७४ को चुनावमा आइपुग्दा एक सीटको पार्टी भयौँ। हामी राष्ट्रिय पार्टी पनि भयौँ। हामीले सिंहदरबार जाँदा पनि प्रवेश नपाउने दुःखद दिन व्यहोर्नपर्‍यो । गएको महाधिवेशनपछि कोहीले छाड्यो होला, कोही आएर जोडियो होला, तर औपचारिक रूपमा हामीले विभाजनको कुरा सुन्न पनि परेको छैन ।’

अध्यक्ष लिङदेनले पार्टी फुटाउँछु भनेर कसैले कल्पना पनि गर्न नसक्ने बताए ।

उनले थपे, ‘कसैले पार्टी छोड्छु भनेर धम्की लगाउँछ होला अथवा कसैले तँलाईं अध्यक्षबाट हटाएर म अध्यक्ष बन्नु भन्ने आँट गर्छ होला, तर पार्टी फुटाउँछु भनेर कसैले कल्पना गर्दैन ।’

उनले गएको तीन वर्षदेखि राप्रपाको कार्यकर्ता भन्दा लजाउनु नपर्ने अवस्थाको सिर्जना भएको भन्दै व्यक्तिकोबाट पार्टीको कार्यकर्ता भएको जिकिर गरे ।

कांग्रेस, एमाले र माओवादी हुँ भन्नेहरूले जनताको बीचमा जाँदा लाज मान्नुपर्ने अवस्था रहेको जिकिर गरे। राजसंस्था र प्रजातन्त्र एक अर्काको विकल्प नभएको भन्दै सँगै जानसक्ने पनि उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *