काठमाडौं । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुचन गर्न नहुने विषयमा ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर महासङ्घका अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो ।
महासंघले नेपाल राष्ट्र बैङ्क र सहकारी प्राधिकरणबाट जारी भएका निर्देशिका र मापदण्डमा स्रोत संकलनको सीमाअन्तर्गत १० प्रतिशत निक्षेप र १५ प्रतिशत ऋणको व्यवस्था सन्तुुलित नभएको, सदस्य भएको तीन महिनाभित्र कारोबार गर्न सकिने व्यवस्था हुनुपर्नेलगायत माग राखिएको छ ।
सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकका कतिपय प्रावधान परिमार्जन गर्न टोलीले सुझाव बुझाएको छ ।
पूर्वमन्त्री एवं महासङ्घका पूर्वअध्यक्ष केशव बडाल, नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालगायत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले सम्बन्धिच क्षेत्रको सहज सञ्चालन र व्यवस्थापनका लागि कानून, नीति र निर्देशिकाहरु ल्याइने भएकाले त्यसअनुसार प्रबन्ध गर्न सरकारले सहजीकरण गर्ने विश्वास दिलाए ।

Leave a Reply