काठमाडौं । कानुनमन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई आफूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधानभन्दा बाहिर गएर न्यायाधीश नियुक्ति नभएको बताए ।
सांसद सिंहले न्याय प्रभावित पार्न कानूनमन्त्री न्यायाधीशलाई फोन गर्ने गरेको दाबी गर्दै कल डिटेल गर्न माग गरेका थिए। आफूले लगाएको आरोप पुष्टि जनाए सांसद पद त्याग गर्ने चुनौती दिएका थिए ।
त्यसको जवाफ दिँदै उनले भने, ‘उहाँले ममाथि आरोप लगाउनुभएको छ । म राजनीतिक जीवनमा नैतिकता र चरित्र बोकेको व्यक्ति हुँ । त्यस्तो आरोप लगाउँदा कहाँ प्रमाण पाउनुभयो । मेरो विरुद्धमा त्यस्तो प्रमाण भए पेस गरे हुन्छ । मेरो मात्रै होइन उहाँको पनि कल डिटेल चेक गर्न सकिन्छ । यो निराधार, काल्पनिक र असत्य आरोप लगाउनुहुँदैन संसदमा ।’
उनले कुनै सांसदले बोल्दै गर्दा त्यो कुरा सत्य हो कि होइन भन्ने कुरा ख्याल गर्नुपर्ने बताए ।

Leave a Reply