हिमानी ट्रस्टबाट इन्टर्न गर्दै पूर्वराजाकी नातिनी पूर्णिका

काठमाडौं । पूर्वयुवराज पारस र युवराज्ञी हिमानी शाहकी छोरी पूर्णिका शाहले हिमानी ट्रष्टमा इन्टर्न गर्ने भएकी छन् ।

थाइल्याण्डमा उच्च शिक्षा हासिल गरेपछि सामाजिक सेवामा प्रतिवद्ध पूर्णिकाले हिमानी ट्रष्टमा आफ्नो समय र ऊर्जा दिने भन्दै ट्रष्टले खुशी व्यक्त गर्दै जानकारी दिएको छ ।

उनको प्रत्यक्ष धरातलीय सहभागिताले नेपालमा अर्थपूर्णरुपमा राम्रो हुने ट्रष्टले उल्लेख गरेको छ । ‘उहाँको सहभागीता केवल एउटा प्रतीकात्मक मात्र नभएर एउटा शक्तिशाली सूचक हो कि कार्य, समानुभूति, र नम्रताले परिवर्तन सुरु हुन्छ- जुन हिमानी ट्रस्टका प्यारा मूल्यमान्यताहरु हुन्’, ट्रष्टले अगाडि भनेको छ, ‘हामीलाई विश्वास छ कि उहाँको योगदानले हजारौं नेपाली युवाहरुलाई राष्ट्र निर्माण र समुदायको हितका लागि लाग्न प्रेरित गर्नेछ ।’

हिमानी शाहले आफ्ना सामाजिक कार्यहरु यही ट्रस्टबाट गर्दै आएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *