काठमाडौंमा शिवपुरीबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोक्यो : मन्त्री यादव (भिडिओ)

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैं मन्त्री यादवले उपलब्ध स्रोत साधनको प्रयोग गरी २०३० सम्म ९० प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना रहेको बताएका हुन् ।

खानेपानीको क्षेत्रमा बिनियोजित बजेटमा बिभेद भएको भन्ने आरोप जायज नभएको भन्दै मन्त्री यादवले देशका सवै स्थानमा स्वच्छ खानेपानी उपलव्ध गराउने गरि मन्त्रालय अघि बढेको जिकिर गरे ।

संघीयताको मर्मअनुसार तीनै तहको सरकारको समन्वयमा खानेपानी सहज रुपमा उपलब्ध गराउने उनले बताए । उनले सन्तोषजनक रुपमा खानेपानी वितरण गर्ने योजनामा अझै पनि रकम अभाव रहेको गुनासो गरे ।

त्यस्तै, मन्त्री यादवले काठमाडौं उपत्यकामा बाह्रै महिना खानेपानी उपलव्ध गराउन शिवपुरी निकुञ्जभित्र रहेको बागमति खोलाबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोकेको बताए । खानेपानी मन्त्रालयलाई खानेपानीको पाइप राख्न नदिने निकुञ्जले निजि क्षेत्रलाई भने विना रोकतोक पाइप राख्न दिएको भन्दै उहाले वन मन्त्रालयको ध्यानाकर्षण गराए ।

मन्त्री यादवले बजेटको सीमाभित्र रही मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भइरहेको आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर बजेट बाँडफाँड गरिएको दाबी गरे ।

Comments

One response to “काठमाडौंमा शिवपुरीबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोक्यो : मन्त्री यादव (भिडिओ)”

  1. Chhabi Lal Sharma Avatar
    Chhabi Lal Sharma

    काठमाडौं उपत्यकामा बाह्रै महिना खानेपानी उपलव्ध गराउन शिवपुरी निकुञ्जभित्र रहेको बागमति खोलाबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोकेको खानेपानी मन्त्रीले जानकरी दिएको समाचार अाएको छ । शिवपुरी राष्ट्रिय निकुञ्ज सरकारको संगठन बाहिरको हो की किन यस्तो समस्या भोगनु परेको ? कि त मन्त्रीज्यूले नै वन मन्त्रालयसंग समन्वय गर्न नसक्नु भएको हो ? खानेपानीको काम हो, निकुञ्जसंग समन्वय पनि मन्त्रीज्यूले नै गर्नु पर्ने होला !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *