चट्याङ लागेर रुकुम पश्चिममा एक महिलाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० बर्नेटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

५० वर्षीया गणेशा ओली आइतबार बेलुका चट्याङ लागेर गम्भीर घाइते भएकी थिइन्। चट्याङ स्थानीयको घरमा रहेको मिटर बक्समा परेको थियो ।

त्यस घरबाट २५ मिटर टाढा आफ्नै घरमा रहेकी ओलीलाई त्यसको असर पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी प्रमेश विष्टले जानकारी दिए ।

घाइते अवस्थामै उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। तर, राति १२ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

उनको शव अहिले अस्पतालको शव गृहमा राखिएको छ। पोस्टमार्टमपछि परिवारको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी प्रमेश विष्टले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *