काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नीतिगत सुधारको विषयलाई प्राथमिकता राखेर काम गर्नुपर्ने बताएका छन् ।
नेपालमा पर्यटनको सम्भावना बहसमा बोल्दै अध्यादेशले केही कानूनहरू सहज बनाएको भए पनि पछिल्लो भेटमा प्रधानमन्त्री र पार्टी सभापतिसहितको भेटमा यसबारेमा कुरा राखेको बताए ।
उनले भने, ‘सरकारले आफ्नो दैनिक काम गर्ने हो । सरकारको काम सरकारमै बस्ने साथीहरूले जिम्मा लिनुपर्छ । बाहिरकाले सरकारको कामको जिम्मा लिनु पनि हुँदैन, लाइनु पनि हुँदैन, तर सरकारसँग सम्बद्ध भएकाहरू दलहरूले नीतिगत सुधारको काम गर्न चाहन्छौँ । मेरो संलग्नता नीतिगत सुधारमा गर्न चाहन्छु, त्यसको नेतृत्व गर्न पनि चाहन्छु । दुःख गर्न चाहन्छु, काम गर्न चाहन्छु ।’
महामन्त्री थापाले सूचना प्रविधिको क्षेत्रमा आफूले हात हालिसकेको भन्दै थप काम गर्न चाहेको बताए ।
उनले भने, ‘मैले यो कुरा भनिराख्दा प्रधानमन्त्री र सभापतिले पनि अब थप काम गर्ने वातावरण बनाउँछु भन्ने प्रतिबद्धता राख्नुभएको छ । त्यसलाई सकारात्मक रूपमा लिएर थप काम गर्न चाहन्छौँ ।’
नेता थापाले नीतिगत सुधार गरेर जनतामा विश्वासको वातावरण बनाउनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।

Leave a Reply