तारकेश्वरमा ब्राउन सुगरसहित एक महिला र २ पुरुष पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका-४ लोलाङ हाइटबाट ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छ्न् ।

एक घरमा कोठा डेरा लिई बस्नेहरूले लागुऔषध कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।

कोठा खानतलासी गर्ने क्रममा १०.३६ ग्राम ब्राउन सुगर भेटिएको काठमाौंका एसपी अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती-२ का सरिका तामाङ गुरुङ, काठमाडौं-१७ का सन्दीप शाही र बर्दिया ठाकुरबाबा नगरपालिका-९ का सन्तोषकुमार साह पक्राउ छन् ।

तीनैजनामाथि ५ दिनको म्याद थपी अनुसन्धान थालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *