पोखरा । गण्डकी प्रदेश सभा बैठकमा नेकपा माओवादीका सांसद रेशम जुग्जालीले आगामी वर्षको वार्षिक विकास पुस्तिका च्यातेका छन् ।
पूर्वभौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको कार्यक्रममाथि छलफलका क्रममा रोष्ट्रममा पुगेका उनले बजेट पुस्तिका च्यातेका हुन् ।
उनले दुई/दुई पटक म्याग्दीलाई अन्याय भएको भन्दै उनले पुस्तिका च्याते । ‘म्याग्दीलाई तपाईँहरूले विनियोजन गरेको साढे ३ करोड ? भौतिक मन्त्री ज्यू मेरो र हरि माननीयको भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । दुई-दुई पटक म्याग्दीलाई अन्याय भएकाले यसको कुनै अर्थ छैन । सभामुखको अनुमति लिएर च्यात्न चाहन्छु,’ उनले भने ।

Leave a Reply