‘विशेष कारणवश’ भन्दै कांग्रेसले धकेल्यो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको बैठक असार १६ गते बस्ने भएको छ। यसअघि असार १५ गते आइतबार बस्ने भनिएपनि सोमबारका लागि सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

बैठक केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, एमालेसँगको सहकार्य र सरकारको समीक्षा, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल हुने जनाइएको छ।

एमालेसँग सत्ता सहकार्य थालेको एक वर्ष पुग्दैछ। यो बीचमा कांग्रेसभित्र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर चर्को आलोचना हुँदै आइरहेको छ। बैठकमा त्यसबारेमा पनि समीक्षा हुने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *