पर्यटन प्रवर्द्धनका लागि कास्कीको कोरिमा पहिलो म्युजिक भिडिओ छायांकन

काठमाडौं । पछिल्लो समय पर्यटन प्रवर्द्धनमा युवाहरूको भूमिका उच्च रहेको छ । नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनलाई उजागर गर्ने लक्ष्य लिएर देशका ७० जिल्लामा पाइला राखिसकेका मिसन सिबिरिगोले हालै कास्कीको रमणीय पर्यटकीय क्षेत्र कोरिमा छायांकन गरिएको नयाँ म्युजिकल फिल्म ‘बतास जस्तै’ सार्वजनिक गरेका छन् ।

सिक्लेस गाउँ र कोरिका रमणीय दृश्यहरू समेटिएको यस भिडियोमा, अहिलेको पुस्ताले आफ्ना घर–परिवार र माटो छोडेर परदेसिनु परिरहेको पीडादायी यथार्थलाई प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्।

कोटाङ्गमा जन्मिएका मिसन सिबिरिगो आफैमा एक कुशल भिडियोग्राफर हुँन्, नेपालको दूरदराजमा लुकेका कथाहरू, संस्कृति र सौन्दर्यलाई क्यामेरामा कैद गर्दै, सम्पूर्ण दर्शकमाझ पुर्‍याउने लक्ष्य लिएका बताउँछन्।

भिडियोमा कलाकार जुना गुरूङ, बाल कलाकार नियति गुरुङको अभिनय रहेको छ भने संवाद, अभिनय तथा अवधारणा स्वयं मिसन सिबिरिगोको रहेको छन्।

गीतमा गायिका सुनिता थेगिमको स्वर, मविन्द्र राईका शब्द तथा संगीत र अनिल के मानन्धरको निर्देशन रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *