संघीय संसद भवनको क्यान्टिनको छतबाट खसेर कामदार घाइते

काठमाडौं । राजधानीको नयाँबानेश्वरस्थित संघीय संसद भवनको क्यान्टिनको छतबाट खसेर एक जना कामदार घाइते भएका छन् ।

छत मर्मतको काम गरिरहेका बेला खसेर ती कामदार घाइते भएको प्रहरी वृत्त बानेश्वरले जनाएको हो ।

घाइतेको सिभिल अस्पतालमा उपचार भइरहेको वृत्तले जनाएको छ । प्रहरीका अनुसार काम गर्दागर्दै फल्स सिलिङ भाँचिएर खसेका ती कामदारको कुहिना र खुट्टामा चोट लागेको छ ।

प्रहरीका अनुसार घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *