जापानको टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा

टोकियो । टोकियो महानगरीय सभा (मेट्रोपोलिटन एसेम्बली)का लागि आइतबारदेखि मतदान सुरु भएको छ, जुन सर्वेक्षणलाई केन्द्र सरकारप्रति जनभावनाको प्रमुख ब्यारोमिटरका रूपमा हेरिएको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्र्याटिक पार्टीले महँगी र चामलको उच्च मूल्यका कारण लोकप्रियता गुमाएको छ, तर पनि यसले महानगरको विधायिकामा सबैभन्दा ठूलो दलको रूपमा आफ्नो स्थान कायम राख्ने आशा गरेको छ।

‘हामी हाम्रा सबै उम्मेदवारको पक्षमा मतपरिणाम ल्याउन सबै काम गर्नेछौँ’, इशिबाले यसै महिनाको सुरुमा चुनावी अभियान सुरु हुँदा पत्रकार सम्मेलनमा भनेका थिए । टोकियोका करिब एक करोड ४० लाख बासिन्दालाई प्रभावित पार्ने स्थानीय मुद्दाहरू समाधान गर्न आफ्नो पार्टीको विकल्प नरहेको उनले दाबी गरे ।

टोकियोले जुलाई २० मा हुन लागेको टोकियो विधानसभा (जापानको व्यवस्थापिकाको माथिल्लो सदन)को निर्वाचनलाई नजिकबाट नियालिरहेको छ । किनकि माथिल्लो सदनको निर्वाचन जुलाई २० मा हुनसक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत अक्टोबरमा तल्लो सदनको चुनावमा बहुमत गुमाइसकेका इशिबा आफ्नो गठबन्धनको बहुमत कायम राख्न प्रयासरत छन् । स्थानीय सञ्चारमाध्यमले चुनावी पराजयले पार्टी नेतृत्व परिवर्तन हुनसक्ने अनुमान गरेका छन् ।

गत अक्टोबरमा पदभार ग्रहण गरेका इशिबालाई महिनौंदेखि जनताको समर्थन निकै न्यून रहेको छ । उनको कार्यकालमा चामल र अन्य सामानमा महँगी बढेको छ।

यस महिना गरिएको सर्वेक्षणले धानको मूल्यको समस्या समाधान गर्न नयाँ नीतिहरूको कारण समर्थनमा केही वृद्धि भएको देखाएको छ ।

मतदान केन्द्र स्थानीय समयानुसार राति ८ बजे बन्द हुनेछन् । आइतबारको चुनावमा रेकर्ड २९५ उम्मेदवारले भाग लिएका छन् ।

विश्व आर्थिक मञ्चका ‘ग्लोबल जेन्डर ग्याप इन्डेक्स’मा यस वर्ष १४८ देशमध्ये ११८ औँ स्थानमा रहेको जापानमा सन् १९९७ पछि सबैभन्दा बढी ९९ महिला उम्मेदवारसहित (अहिलेसम्मको सबैभन्दा बढी) हुन लागेको मतदानलाई अधिकारीहरूले जापानको चुनावको ‘रमणीय प्रवृत्ति’ को रूपमा प्रशंसा गरेका छन् । -रासस/एएफपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *