अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो, आजै थुनछेक बहस

काठमाडौं । ६१ किलो सुनकाण्डमा शुक्रबार पक्राउ गरिएकी अमला रोकालाई सरकारी वकिलसमक्ष पेश गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) अन्तर्गतको आर्थिक अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार सरकारी वकिलले बयान लिएपछि उनलाई जिल्ला अदालतमा पेश गरिनेछ । सम्भवत: आजै उनको थुनछेकको बहस हुनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीस्रोतका अनुसार उक्त मुद्दा अन्य प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखिएको कारण उनलाई पनि थुनामा पठाउने सम्भावना छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार जाँचबाट २०८० साउन २ गते बाहिरिएको एक क्वीन्टल सुन प्रकरणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिकामा रहेकी अमला रोकाका पति दावा छिरिङसहितका प्रतिवादी अहिले पनि पुर्पक्षका लागि थुनामा राखिएका छन् ।

तिब्बती मूलका बेल्जियम नागरिक दावाले अमलाकै सहयोगमा काभ्रेबाट नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।

Comments

One response to “अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो, आजै थुनछेक बहस”

  1. RK Avatar
    RK

    फेरि के मा साट्ने हुन् ? साटफेर भइरहने मुलुक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *