अमरेशले नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा (भिडिओ)

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति राखेपछि सदनमा लफडा भएको छ ।

बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सिंहले बजेट नजाने जिल्ला नेपालमा किन राख्ने ? प्रश्न गर्दै ७२ जिल्ला चीन, अमेरिका भारतलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सिंहको त्यो भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रघाती अभिव्यक्ति दिएकोमा सिंहलाई कारबाही गर्न माग गरे ।

‘देशलाई अन्यत्र गाभौं भन्ने देशद्रोही अभिव्यक्ति । सार्वभौमिकता, अखण्डताविरोधी भनाइ राख्नेलाई कारबाही गर्नुपर्छ । विगतमा पनि उहाँको अभिव्यक्ति राम्रो छैन । हामी राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सक्दैनौं । कारबाहीको विषय बनाइयोस्’, बर्तौलाले भने ।

सत्ताधारी सांसदले अमरेशमाथि कारबाहीको माग गरेपछि सभामुखले सिंहको उक्त भनाइ रेकर्डबाट हटाउन निर्देशन दिए ।

Comments

3 responses to “अमरेशले नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यसले सिधा नभनेको मात्र हो । यो दिल्लीको दलाल हो । यसले भन्न खोजेको दिल्लीलाई लिजमा दिउँ हो । यस्ता देश बेचुवा, देशद्रोहीलाई तुरून्त साँसदबाट निस्काशन गरी जेल कोचियोस् ।

    1. Mania Thompson Avatar
      Mania Thompson

      @kasp प्य्ल्तेरै बाउ खड्गेलाई भन् एस्ता कुरा। माचिक्ने खढेको नाजायज सन्तान।

  2. Mania Thompson Avatar
    Mania Thompson

    @kasp प्य्ल्तेरै बाउ खड्गेलाई भन् एस्ता कुरा। माचिक्ने खढेको नाजायज सन्तान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *