संसद विवेक र नैतिकताले चल्नुपर्छ : सांसद साह (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले संसद विवेक र नैतिकताले चल्नुपर्ने बताएका छन् ।

एक महिनादेखि संसदमा राजनीतिक नाटक मात्र देखिएको उल्लेख गर्दै उनले युवाहरू रोजगारीको खोजीमा मरुभूमिमा पसिना बगाइरहेको बताए । उनले भने, ‘यो उनीहरूको रहर होइन, यो देश हाँक्नेहरूको असफलताले जन्माएको राष्ट्रिय विवशता हो।’

यही विवशताको जगमा देशमा लुटको संगठित सिन्डिकेट खडा भएको आरोप उनले लगाए । उनले भने, कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ । कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा पचाउँछ । कहिले क्विन्टलका क्विन्टल सुनलाई ‘बिस्कुट’ भनेर भित्र्याउँछ । कहिले वाइडबडी उडाउने नाममा राज्यको ढुकुटी उडाउँछ । कहिले एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिकमा नयाँ कीर्तिमान कायम गर्छ ।’

उनले भिजिट भिसा काण्डमा सरकारले चासो नदेखाएकोप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘सरकार मूकदर्शक बनेर बस्दा देशमा सरकार होइन, सर्कस चलिरहेको छ जस्तो लाग्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *