लहान । नेपालमा आँपको सिजन चलिरहेको बेला लहानमा ‘द हिमालयन मोटरसाइकल एक्सपेरियन्स’को आयोजनामा आठौं म्याङ्गो राइड सम्पन्न भएको छ।
राइडमा झण्डै ८० वटा मोटरसाइकलमार्फत १२० जना सहभागीहरू लहानस्थित किसान नागेन्द्र महतोको आँप फार्ममा पुगेका थिए। सहभागीहरूले फार्ममै पुगेर आँप बोटबाटै टिप्दै स्वाद चाखेका थिए।
राइडको मुख्य उद्देश्य नेपाली किसानद्वारा उत्पादन गरिएको अर्ग्यानिक आँपको प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएका छन्।
फार्ममै पुगेर सहभागीहरूले २८०० किलो आँप प्रतिकिलो रु ६० मा किनेसँगै स्थानीय उत्पादनप्रति सहयोग र सम्मान व्यक्त गरेका छन्।


Leave a Reply