रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मायादेवी गाउँपालिका- ७, गरगट्टी चम्रौटी टोलको मोडमा टिपरको ठक्करबाट सम्मरीमाई गाउँपालिका- ५ का २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका- ७ का १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको हो ।

बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई गरगट्टीमा ठक्कर दिएको थियो । गम्भीर घाइते खान र ठाकुरलाई भैरहवास्थित भीम अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले ठक्कर दिने टिपर चालक जगदीश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *