शान्तिपूर्ण उद्देश्यको लागि आणविक ऊर्जा प्रयोग गर्ने इरानको अधिकार छः पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिपूर्ण उद्देश्यको लागि इरानले आणविक ऊर्जा प्रयोग गर्न पाउने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा बोल्दै यस्तो बताएका हुन् ।

‘हामी विश्वास गर्छौं कि इरानलाई शान्तिपूर्ण उद्देश्यका लागि आणविक ऊर्जा प्रयोग गर्ने अधिकार छ । हामी विगतका वर्षहरूमा जस्तै यस क्षेत्रमा आवश्यक सहयोग प्रदान गर्न तयार छौं’, पुटिनले अन्तर्वार्तामा भने ।

अहिले इजरायलले इरानलाई आणविक हतियार बनाउन खोजेको भन्दै गत हप्ताको शुक्रबारबाट आक्रमण गरिरहेको छ । इरानले पनि जवाफ फर्काइरहेको छ । यसै सन्दर्भमा पुटिनको यो भनाइ आएको छ ।

केही अगाडि पुटिनले रुस र इरानले एकै अदृश्य शक्तिसँग लडिरहेको पनि बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *