सरकारले फेरि ढाँटेको भन्दै माओवादीको प्रश्न- निजामती विधेयक ल्याउन केले रोक्यो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय निजामती विधेयक कार्यसूचीबाट हटाइएकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले असार १४ गतेसम्मको कार्यसूचीमा पनि नराखेको भन्दै असन्तुष्टि जनाए ।

सत्तारुढ दलबीच नै कुलिङ पिरियडबारे सहमति नभएपछि सरकार यसबाट पछि हटेको थियो । त्यसबारे उनले भने, ‘निजामती विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित गरेर ल्याइयो, तर सूचीबाट हटाइयो । सत्तारुढ दलका सांसदहरूले पनि छिट्टै आउँछ भनिराख्नुभएको छ । यो केले रोकिएको छ ? मन्त्रीज्यू उपस्थित हुनुहुन्न । फेरि पनि हामीलाई ढाँटिएको छ ।’

प्रमुख सचेतक पाण्डेले शिक्षकहरूसँग भएको सम्झौताअनुसार बजेट नआएकोप्रति पनि असन्तुष्टि जनाए ।

उनले थपे, ‘शिक्षा विधेयकलाई छिटो पारित गर्नुपर्छ हामी सबैले भनेका छौँ, तर फेरि त्यसको तालमेल बजेटसम्म मिलेको छैन ।’

उनले भिजिट भिसा प्रकरणमा पनि दुई बुँदे सहमतिअनुसार तत्काल छानबिन समिति बनाउन माग गर्दै एक महिना नकुर्न आग्रह गरे ।

Comments

One response to “सरकारले फेरि ढाँटेको भन्दै माओवादीको प्रश्न- निजामती विधेयक ल्याउन केले रोक्यो ?”

  1. ksp pyl Avatar
    ksp pyl

    भ्रष्ट सचिवहरूलाई फेरि जागिर खुवाउन सरकार पछि लाग्यो । यो काममा चाहिँ ओलिले गम्भीर गल्ति गरिराखेका छन् । सचिवहरूका बाउको बपौति हो यो देश ? उनीहरूको सेटिङ्मा काम गर्न सरकारले निजामती विधेयक फिर्ता लिनु गम्भीर कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *