नेपाली कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर एमालेको अध्यक्ष चाहिरहेको छ: रिजाल

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको आन्तरिक एकतामा प्रभाव पार्ने र विग्रह ल्याउने प्रयासहरु भइरहेको भए पनि नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स)को इन्चार्जसमेत रहेका नेता रिजालले केपी ओलीको विकल्प खोज्ने बेला नभएको बताए ।

झापाको बिर्तामोडमा शनिबार आयोजित मानव अधिकार एलायन्सको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता रिजालले पार्टीको एघारौं महाधिवेशन आगामी मङ्सिर वा फागुनसम्ममा सम्पन्न हुने जानकारी दिए ।

आगामी २०८४ को निर्वाचनमा नेकपा एमाले बहुमत प्राप्त दल बन्ने र एकल सरकारको नेतृत्व गर्न पाउने गरी काम गर्नुपर्ने उनले बताए ।

मानव अधिकार एलायन्स झापाका अध्यक्ष अर्जुनकुमार पाठकको अध्यक्षतामा भएको जिल्लास्तरीय भेलामा केन्द्रीय अध्यक्ष विदुर सुवेदी, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले विषयगत प्रस्तुतिहरु गरेका थिए ।

Comments

2 responses to “नेपाली कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर एमालेको अध्यक्ष चाहिरहेको छ: रिजाल”

  1. अनिल Avatar
    अनिल

    झोला भन्दा बाहिर पनि जिन्दगी हुन्छ भन्ने सदबुद्धी कहिले आउने हो ? पिण्डदिने बेलासम्म पनि नछाड्ने भए। नयाँ नेतृत्व कहिले बिकास हुने खै?

  2. Chhabi Lal Sharma Avatar
    Chhabi Lal Sharma

    किन कसैको गुणगान मात्र गरेर मान्छे विगार्नु हुन्छ, २०८४ को चुनाव जिताउन सक्नुहुन्छ ? यता पट्टी चै सोच बनाएर भन्नु होस जे भन्न मन लाग्छ ।बादबाकी उपर वाले की मर्जी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *