स्थापना दिवसमा रास्वपालाई योगेशको सन्देश– तपाईंहरू छिटो बढ्नुभयो, छिट्टै बिग्रिँदै पनि हुनुहुन्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अरूलाई प्रश्न उठाउनुभन्दा आफूहरूलाई हेर्न सुझाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाको स्थापना दिवसको अवसरमा शुभकामना पनि दिए ।

उनले भने, ‘उहाँहरूलाई एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु, उहाँहरूले अरू पार्टीमाथि टिप्पणी उठाइरहनु भएको छ, कांग्रेस बिग्रियो, एमाले बिग्रियो । म उहाँहरूलाई भन्न चाहन्छु हामी त बन्न पनि समय लाग्यो । बिग्रेछौँ भने पनि समय लाग्छ । तपाईँहरू त छिट्टो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ । त्यो ख्याल गर्नुहोला । समीक्षा गर्नुहोस् राम्रोसँग ।’

सांस्द भट्टराईले प्रधानमन्त्रीको विरुद्धमा कालो लुगा लगाएर आएको, सदनमा बोल्न नदिएको भन्दै असन्तुष्टि जनाए । संसद्मा बजेटमाथिको छलफलमा भाग नलिएको भन्दै उनले संसदीय मर्यादा बुझ्न आग्रह गरे ।

सांसद भट्टराईले भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *