सरकार निरंकुश भयो, बलजफ्ती संसद् चलाउँदा लोकतन्त्रलाई गिज्यायो: माधव सापकोटा (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले गैरजिम्मेवार बनेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सँगै अगाडि सांसदहरूलाई उभ्याएर सदन बलजफ्ती चलाउँदा लोकतन्त्रलाई गिज्याइरहेको टिप्पणी गरे।

उनले भने, ‘विरोधमा रहनुभएको माननीयज्यूहरूको माग सम्बोधनका लागि म सरकारको जोडदार पूर्वक ध्यानाकर्षण गराउन चाहन्छु। निरंकुश शैलीमा बलजफ्ती संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन। यसले लोकतन्त्रलाई गिज्याइरहेको छ। हाम्रो संसद्को ओझ, गरिमालाई बढाएन भनेर म दुःख व्यक्त गर्न चाहन्छु।’

उनले रास्वपा र राप्रपाको मागप्रति गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराए।

Comments

2 responses to “सरकार निरंकुश भयो, बलजफ्ती संसद् चलाउँदा लोकतन्त्रलाई गिज्यायो: माधव सापकोटा (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अनि काम नभएका एक दुई वटाले विना कारण संसद अवरूद्व गर्दैमा देश ठप्प पार्ने ? जे माग राखे पनि हुने ? अहिले भिजिट भिसामा अख्तियारले छानबिन गरिरहेको छ । उसको छानबिन नटुङ्गिएसम्म किन होहल्ला ? फेरि संसदले बनाएका समितिहरू भनेका पङ्गु समिति हुन् । ती त दाम कमाउन गठन गरिन्छन् । संसदका समिति त पैसा पाए जे पनि निर्णय गर्छन । लेखा समितिले ९० भन्दा कम नेटवर्थ भएका कम्पनिको शेयर १०० मा निकाल्न हुदैन भन्यो । लेखा समितिले दिएको निर्देशन काटेर अर्थ समितिले निकाल्न दे भन्यो । त्यो निर्णय गर्दा समितिकाले त्यसै गरे होलान् ? ९० पनि मूल्य नभएको कम्पनिलाई १०० मा निकाल्न दिएर सिधै जनता ठग्न मिल्छ ? नाफा भएकोलाई प्रिमियममा निकाल्न दिने अनि घाटा भएकालाई चाहिँ कममा निकाल भन्न सकिँदैन ?

  2. bharat kumar thapa Avatar

    विगतमा जनार्दन रअग्नि सापकोटालाई एकपटक सम्झनु न के ठिक के बेठीक देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *