काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)ले शनिवार बजेटमा आएको टेक एण्ड पे हटाउन चरणबद्ध आन्दोलन गरिरहेका बेला नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले यसबाट नआत्तिन निजी क्षेत्रका उत्पादकलाई आग्रह गरेका छन् ।
शनिवार विहान केही पत्रकारसँगको अनौपचारिक छलफलमा रहेका बेला शाक्यलाई समेत इप्पानको एसएमएस आएको थियो । टेक एण्ड पे हटाउने एसएमएस इप्पानले प्रधानमन्त्रीदेखि प्राधिकरणका एमडीसम्मलाई एकैपटक पठाएका थिए ।
अहिले विरोध भइरहेको टेक एण्ड पे शब्दप्रति प्राधिकरणको पनि विमति रहेको शाक्यले बताए । उनले अहिले पनि टेक एण्ड पे व्यवहारमा कायमै रहेको भन्दै बजेट भाषणमा शब्द नमिल्दा निजी क्षेत्रका उत्पादकमा आशंका उत्पन्न भएको उनको भनाइ थियो ।
शाक्यले भने–अहिले पनि टेक एण्ड पे व्यवहारमा छ,उत्पादन र विक्री अनि खपतको सुनिश्चितताको सन्दर्भमा यो आएको हो । बजेटको शब्द प्रयोगमा यो उल्लेख हुनुपथ्र्यो,अलि छोटो हुँदा उहाँहरुमा आशंका भयो । अब कार्यविधी र निर्देशिकामार्फत त्यसलाई सच्याउन हामीले पनि सरकारलाई सहजीकरण गछौं । तर त्यसअघि निजी क्षेत्रले पनि अब प्रसारण लाइनमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । अब प्रसारण लाइन अर्थात ट्रान्समिसनमा निजी क्षेत्रको लगानी अनिवार्य नै छ,नत्र विद्युत उत्पादनमात्र गरेर त्यसको भण्डारण नहुने अवस्था आइसकेको छ ।
शाक्यले प्रसारण लाइन प्राधिकरणले मात्र बनाएर निजी क्षेत्रको विजुली किन्ने अवस्था नरहेको भन्दै क्रस बोर्डर प्रसारण लाइनबाहेक देशभित्रको प्रसारण लाइनमा निजी क्षेत्रले लगानी गर्नैपर्ने बताए । विद्यूत उत्पादनबाट आउनेजति आम्दानी नभए पनि प्रसारण लाइनमा निजी क्षेत्रको लगानीको प्रतिफल दिइने प्रष्ट पारे ।
अहिले क्रसर बोर्डर प्रसारण लाइनमा नेपालतर्फ काम गर्न नसकिएको भन्दै उनले जंगल,जनता र पैसाका कारण प्रसारण लाइनलगायत पुर्वाधार निर्माण हुन नसकेको सुनाए । त्यहि भएर प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको उनले बताए ।
सरकारले प्राधिकरणलाई पुर्वाधार लगानीमा दिने गरेको बजेट क्रमशः घटेर २१ अर्बबाट हाल साढे ४ अर्बमा झरेको बताउँदै शाक्यले प्राधिकरणको सन्चित नाफा बढाउनेतर्फ आफूले काम थालेको बताए ।
उनले माल्लिो अरुणमा वल्र्ड बैंकको मुख ताक्दा काम नहुने देखिएकाले आफ्नै क्षमतामा शुरु गरिने बताए । भारतले सहमति नदिएसम्म विश्व बैंकले लगानी नगर्ने भएपछि चिलिमे मोडेलमा प्राधिकरण आफैं लगानी गर्न अग्रसर भएको उनको भनाइ थियो ।
टेक एण्ड पेकै प्रशंगमा शाक्यले अब प्राधिकरणको फोकस उर्जा सुरक्षा,गुणस्तर र वित्तीय सुनिश्चिततामा केन्द्रित रहेको बताए । त्यसका लागि पम्प स्टोरेज र जलाशययुक्त आयोजनाहरुमा प्राधिकरणले लगानी गर्ने उनले बताए । निजी क्षेत्रले रन अफ रिभर बाहेक यस्ता आयोजना बनाउन नसक्ने भएकाले टेक एण्ड पे प्रसंग आए पनि भाषिक त्रुटी सच्चिने उनले विश्वास दिलाए ।

Leave a Reply