सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोल मा शनिबार बिहान बाटो विस्तारको विषयलाई लिएर स्थानीयवासी र सुरक्षाकर्मीबीच तनावपूर्ण झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर समेत गर्नुपरेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार, बाटो फराकिलो बनाउने क्रममा केही स्थानीयले ढुङ्गामुढा गर्दै अवरोध सिर्जना गरेपछि झडप भएको थियो। मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले अवस्थालाई नियन्त्रणमा लिन ब्ल्याङ्क फायर ९खाली गोली० चलाउनुपरेको जानकारी दिएका छन्।
झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना सर्वसाधारण घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
हाल खैराटोल क्षेत्रको अवस्था सामान्य रहेको र शान्तिपूर्ण ढंगले बाटो विस्तारको काम अगाडि बढाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply