काठमाडौं । शुक्रबार फेरि रुस र युक्रेनले एक-अर्काका युद्धबन्दीहरु साटासाट गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार रुसले कति जना रुसी सैनिकहरु फर्किए भन्नेमा कुनै अंक सार्वजनिक गरेको छैन ।
तर बसबाट आएका दर्जन हाराहारी सैनिकहरुको भिडिओ भने रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । भिडिओमा सैनिकहरु रुसको झण्डा ओडेर खुशी देखिएका छन् ।
रुसले पनि शुक्रबार कतिजना युक्रेनी सैनिकहरुलाई फिर्ता पठायो भन्ने कुनै अंक सार्वजनिक भएको छैन । रुसले आफ्नो तर्फबाट मारिएका ६ हजार युक्रेनी सैनिकहरुको शव हस्तान्तरण गर्ने प्रतिबद्धता गरिसकेको छ ।

Leave a Reply