रास्वपालाई एमालेको जवाफ- माओवादीसँगको सहमतिअनुसार सदन चल्छ, दलैपिच्छे सम्झौता गर्दैनौँ (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति अनुसार सदन अघि बढ्ने बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय मान्यतामा दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने टिप्पणी गरे। माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन हुने उनले बताए।

उनले भने, ‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनुभयो।’

रास्वपाले स्टन्ट गरेर नीलो रिबन र कालो लुगा लगाएर आएको आरोप लगाए। रास्वपा सांसदहरूको गतिविधिलाई केटाकेटीको संज्ञा दिँदै यस्तै प्रवृत्ति देखाइरहे रास्वपा स्वयमलाई निल्ने जिकिर गरे।

Comments

2 responses to “रास्वपालाई एमालेको जवाफ- माओवादीसँगको सहमतिअनुसार सदन चल्छ, दलैपिच्छे सम्झौता गर्दैनौँ (भिडिओ)”

  1. Bipin Avatar
    Bipin

    Kati dadagiri ho temlai herum la 2084 ma ..

  2. samir Avatar
    samir

    कालो काङ्ग्रेस-हत्यारा माओवादी-भ्रष्ट एमाले मिलेर नेपाली बेच! देश लूट !

Leave a Reply

Your email address will not be published. Required fields are marked *