ओली-देउवा र प्रचण्डबीच भेटका लागि आज पनि समय तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटका लागि आज पनि समय तय भएको छ। यसअघि दुई पटक समय निर्धारण हुँदै स्थगित हुँदै आइरहेको बैठक आज २ बजे बस्दैछ।

प्रधानमन्त्रीको सचिवालयको अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार हुनेछ।

बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू सहभागी हुनेछन्।

तीन नेताबीच सदनको जारी अवरोध, सदनमा पेस भएका विभिन्न विधेयक, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि बिहीबार र बुधबार पनि बैठकको लागि समय तय भएपनि बस्न सकेको थिएन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *