काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्ल अल खामेनीले यहुदी दुश्मन इजरायलमाथि सजाय शुरू भएको बताएका छन् । केहीबेर अघि सामाजिक सञ्जाल एक्समा एक लाइन पोष्ट गर्दै खामेनीले भनेका छन्- यहुदी शत्रुले सजाय भोग्दैछ, यसले भर्खरै सजाय भोगिरहेको छ ।
अमेरिका र इजरायल मिलेर खामेनीको हत्या गर्ने बताइरहेका बेला उनले अल्लाहको आदेशमा युद्ध जित्ने घोषणा गरेका छन् । उनले एक्समा अर्को पोष्ट गर्दै अल्लाहले इरानी जनताको लागि महान विजय दिलाउने दाबी गरेका छन् ।
इरानले पछिल्ला २४ घण्टामा इजरायलका मध्यभागमै पटकपटक ठूलो विष्फोट गराइरहेको छ ।

Leave a Reply