चितवन । पूर्वीनवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किवास हुँदै बग्ने विनय खोलामा गए राति पानीको उच्च बहावका कारण एक यात्रुवाहक बस फस्यो ।
नेपाल प्रहरी र सशस्त्रको टोलीले ३८ यात्रुको उद्धार त गर्यो । तर, बसलाई खोलाले बगायो ।
काठमाडौंबाट दाङ सदरमुकाम घोराहीतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको रात्रिकालीन यात्रुवाहक बस रातको १२ बजेपछि विनय खोलामा फसेको थियो ।
उद्धारमा संलग्न एक प्रहरीका अनुसार, पानीको उच्च बहावका कारण गाडी नियन्त्रणबाहिर गयो । यात्रुहरू कराउन र चिच्याउन थालेपछि प्रहरीले खबर पायो । सँगै सशस्त्रको उद्धार टोली पनि पुग्यो ।
जिल्ला प्रहरी कार्यालय सुस्ता पूर्व र सशस्त्र प्रहरीको नं. ३१ गुल्म पूर्वीनवलपरासीबाट डीएसपी विनोद कार्की नेतृत्वको टोली उद्धार कार्यमा संलग्न थियो ।
चोरमारास्थित सशस्त्रको सुरक्षा बेस र सर्दीबाट खटिएको टोलीले क्रेन र डोजरको सहायतामा यात्रुको उद्धार गरेको थियो ।
यात्रुको उद्धार भएको करिब १० मिनेटमै बस खोलाले बगायो ।
हेर्नुहोस्, सशस्त्र प्रहरीद्वारा प्रेषित दृश्य-

Leave a Reply