इरानमा सत्ता परिवर्तन र सर्वोच्च नेता खामेनीको हत्या अस्वीकार्य हुने रुसको चेतावनी

काठमाडौं । अमेरिकाको ब्याकअपमा इरानमाथि हमला गरेको इजरायलले त्यहाँका सर्वोच्च नेता आयातुल्लाह खामेनीको हत्या गरेर ४६ वर्षअघि अन्त्य भएको राजतन्त्र फर्काउन खोजेको चर्चा चलिरहेका बेला रुसले पहिलो प्रतिक्रिया दिएको छ ।

इरानमा शासन परिवर्तन अस्वीकार्य हुने र देशको सर्वोच्च नेताको हत्याले पण्डोराको बाकस खोल्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले स्काई न्यूजलाई दिएका एक अन्तरवार्तामा भनेका छन् ।

यो पनि पढ्नुहोस्- इरानमा ४६ वर्षे गणतन्त्र भत्काएर इजरायली साथमा राजा बन्न तम्सिएका पूर्वराजकुमार रेजा

यदि इजरायलले अमेरिकी सहयोगमा इरानका अयातोल्लाह अली खामेनीको हत्या गर्छ भने रूसले कस्तो प्रतिक्रिया दिनेछ भन्ने प्रश्नमा पेस्कोभले भने- हाम्रो प्रतिक्रिया धेरै नकारात्मक हुनेछ र हामी यसलाई कडा रूपमा अस्वीकार गर्नेछौँ।

इरानको शासन परिवर्तनले अतिवादीहरूको जन्म गराउने र विश्वलाई थप अशान्त बनाउने चेतावनी मस्कोले दिएको छ । अमेरिका र इजरायलले खामेनीको हत्या गर्न खोजेका छन् ।

उनीहरूको आडमा सन् १९७९ मा अन्त भएको राजसंस्थाका उत्तराधिकारी रेजा पल्बीलाई राजाका रूपमा स्थापित गर्ने चर्चा पनि चलिरहेको छ । पल्बी अमेरिकामा बसेर इरानको सत्ताको विरोधमा बोलिरहेका छन् ।

रूस र इरानबीच लामो समयदेखि घनिष्ठ कूटनीतिक र सैन्य सम्बन्ध रहेको छ, जुन सम्बन्ध मस्कोले युक्रेनमा गरेको आक्रमणपछि थप बलियो भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *