दैलेखको पेट्रोलियम अन्वेषण सफलता, प्रधानमन्त्रीले सम्झिए समर्थन र विरोधका ती दिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षअघि आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सम्भाव्यता अध्ययन गराएको दैलेखको पेट्रोलियम खानीको काममा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् ।

चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पाइएको छ ।

यो भनेको नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार हो । २०७२ चैत पहिलो साता प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर भएको थियो ।

ओली दोस्रो पटक प्रधानमन्त्री बन्दा २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत भएको थियो ।

चौथोपटक ओली प्रधानमन्त्री बनेका बेला प्रारम्भिक प्रतिवेदनले देशमा उत्साह पैदा गरेको छ । अन्तिम प्रतिवेदन भने डिसेम्बरमा आउनेछ ।

ओलीले पहिलो कार्यकालमा यो परियोजनाको कुरा गर्दा कतिपयले ट्रोल समेत गरेका थिए ।

प्रधानमन्त्रीले भनेका छन्- दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध आवाज थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो।

Comments

3 responses to “दैलेखको पेट्रोलियम अन्वेषण सफलता, प्रधानमन्त्रीले सम्झिए समर्थन र विरोधका ती दिन”

  1. harihar Avatar
    harihar

    यो सबैका लागि खुसीको समाचार हो।

  2. Bipin Avatar
    Bipin

    Nepal ma ghar ghar ma gas pipe line cha ta yo gas ke garne hola ? Asti Kushma bata ticket kinera.. lasha aiyo.. aba pani jahaz chade man cha ho .. waihaat 1.2 billion gas le ke garne .. trillion vaye po kehi kura matra .. tyo pani less

    1. KD Avatar
      KD

      यस्ता पटमुर्ख हरु पनि नेपाल मा छन् है

Leave a Reply

Your email address will not be published. Required fields are marked *