रूपन्देही । पूर्वबाट पश्चिमतर्फ आएकाे भे१ख ४०८५ नम्बरको बस नवलपुरस्थित विनयी खाेलामा आएकाे बाढीले बगाएको छ ।
गयराती बाढीले करिब ४० यात्रु बाेकेकाेे साे बस बगाएपछि प्रहरीले बीचबाट उनीहरूकाे उद्दार गरेपनि बस भने नभेटिएकाे नवलपुर प्रहरीका सूचना अधिकारी डिएसपी मधु नेपालले जनाएका छन् ।
लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको थियाे । प्रहरीले बिहीबार बिहानै सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियाे । तर केही बसहरू सूचना अटेरी गरि चलाएका थिए ।
केही दिनयताको लगातार अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास-दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या भएकाले आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।

Leave a Reply