काठमाडौं । नेपालको संघीय संसद अन्तर्गतको नेपाल–पाकिस्तान मैत्री समूहसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हास्मीले भेटवार्ता गरेका छन्।
भेटका क्रममा राजदूत हास्मीले नेपाल–पाकिस्तान मित्रताको दीगो र सुदृढ सम्बन्धको चर्चा गरे। उनले दुई देशबीचको संसदीय मैत्री सम्बन्ध र त्यसका माध्यमबाट हुने सहकार्यबारे प्रकाश पारेका थिए। साथै, पाकिस्तानको वर्तमान आर्थिक अवस्था तथा क्षेत्रीय परिप्रेक्ष्यबारे जानकारी गराएका थिए।
राजदूत हास्मीले नेपाल र पाकिस्तानबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धबारे चर्चा गर्दै शिक्षा, पर्यटन, संस्कृति तथा जलवायु परिवर्तनको क्षेत्रमा समेत सहकार्यका सम्भावनाहरू रहेको बताएका थिए।
भेटवार्तामा मैत्री समूहका सदस्यहरू, पाकिस्तानी दूतावासका कूटनीतिज्ञहरू तथा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै द्विपक्षीय संसदीय सहकार्यलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

Leave a Reply