बंगलादेशमा नेपाली पर्यटन कार्यक्रम, सागरदेखि हिमालसम्म सहकार्यको चर्चा

काठमाडाैं । ढाकास्थित नेपाली राजदूतावासले नेपाल र बंगलादेशको पर्यटन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको शीर्षक ‘गन्तव्य नेपालः बंगालको खाडीदेखि हिमालयसम्म’ दिइएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजनामा भएको कार्यक्रममा बंगलादेशका ट्राभल एजेन्टहरुदेखि टूर अपरेटर्सका अध्यक्षहरुको समेत सहभागिता थियो ।

कार्यक्रममा बोल्दै नेपाली राजदूत धनश्याम भण्डारीले नेपालको हिमाली उचाई र बंगालको खाडीको गहिराईलाई जनस्तरमा जोड्न पर्यटन महत्वपूर्ण भएको बताए ।

बंगलादेशका नागरिक तथा सगरमाथा आरोही बाबर अलीले आफ्नो सन २०२४ को सगरमाथा आरोहण तथा नेपालको अन्नपूर्ण आरोहणको अनुभव सुनाएका थिए ।

औपचारिक कार्यक्रम अगाडि दुई देशका व्यवशायिक साझेदारहरुले बीटूबी सेसनमा हस्ताक्षर गरेको राजदूतावासले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *